• बैशाख २२ २०८३, मंगलवार

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

चैत्र ८ २०७८, मंगलवार

काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

अभिनेत्री मानन्धर यसअघि बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

मानन्धरसँगै समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् ।सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो ।