• बैशाख २२ २०८३, मंगलवार

जनताले चाहेको विकल्प राप्रपा नै हो :  राजेन्द्र लिङ्देन

चैत्र ७ २०७८, सोमबार

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताएका छन् ।

राप्रपा चाँगुनारायण-८ वडा समितिले आज सुडालस्थित मिश्रिकोटारमा आयोजना गरेको आमसभामा उनले देश चलाइरहेका र चलाइसकेका दलहरुबाट जनताले आशा र भरोसा पाउन नसकेको बताउदै जनताले विकल्प खोजेको बताएका हुन् । उनले  जनताले चाहेको विकल्प राप्रपा नै हो भन्दै अबको निर्वाचनमा राप्रपा शक्तिशाली पार्टीका रूपमा उदाउने दाबी समेत गरेका छन् । उनले यसका लागि आफ्ना  सबै नेता कार्यकर्तालाई जनताको घरघरमा जान समेत निर्देशन दिएका छन् ।