• बैशाख २३ २०८३, बुधबार

त्रिभुवन विमानस्थलबाट फेरि एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

चैत्र ७ २०७८, सोमबार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई  त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले आज (सोमबार)पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन बरामद गरेको हो ।

पछिल्लो समय धेरै मात्रामा विमानस्थलबाट अवैध सुन भित्र्याउने पक्राउ गरिएको छ ।