• बैशाख २३ २०८३, बुधबार

लेटाङ घटनाको जाँचबुझ हुन्छ : गृहमन्त्री खाँण

चैत्र ७ २०७८, सोमबार

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ घटनाको जाँचबुझ गरिने बताएका छन् ।

फागूपूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यावहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेका थिए । लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने बताए ।

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे । त्यस्तै उनले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।