• बैशाख २३ २०८३, बुधबार

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

चैत्र ७ २०७८, सोमबार

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो २ सय ६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३८ वर्षीय सुबम मेहरा रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुबमको गतिविधि संकास्पद देखिएपछि उनलाई विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद उक्त पदार्थ सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ ।