• बैशाख २२ २०८३, मंगलवार

‘आगामी निर्वाचनमा कुनै पार्टीसँग तालमेल गर्दैनौँ’

चैत्र ७ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी निर्वाचनमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् । पार्टीको पोलिटब्यूरो बैठक बस्नुअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक भट्टराईले एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग नगर्ने जनाए ।

‘आगामी निर्वाचनमा एमाले एक्लै लड्छ । हाम्रो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ।आवश्यकताअनुसार कार्यगत एकता हुन्छ। तर, राष्ट्रियस्तरमै हामी कुनै दलसँग तालमेल गर्दैनौँ।’

एमाले पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठकमा आगामी निर्वाचनबारे छलफल हुने जनाइएको छ ।