• बैशाख २२ २०८३, मंगलवार

एमाकाे पोलिटब्यूरो बैठक बस्दै

चैत्र ७ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बस्दै छ।  बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वटेमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने एमालेले जनाएको छ।

पोलिटब्यूरोमा पार्टीका १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् । गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावका विषयमा छलफल गर्ने जनाएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक बुधबार र बिहिबारका लागि बोलाईएको छ ।