• बैशाख २३ २०८३, बुधबार

डा. शर्मा भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त

चैत्र ६ २०७८, आईतवार

काठमाडौं ।  डा.शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन्।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा.शर्मालाई उक्त पदमा आज नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।