काठमाडौं । न्याय सेवा आयोगको बैठकले १८५ कर्मचारीको एकैपटक सरुवा गरेको छ ।
न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको हो ।
आइतबार बसेको बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ। लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो।