काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने टिप्पणी गरेका छन्।
आइतबार इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दललाई एमालेले देशैभरबाट बढार्ने टिप्पणी गरेका हुन्।
‘एमालेबाट दुईचार जनाले छोडेर गए केही हुँदैन। ओइलिएका पात झर्न सक्छन्,’ उनले भने, ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्ने छ।’
उनले बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि आफूहरु अर्को चुनाव पर्खिरहेको पनि बताए।