• बैशाख २२ २०८३, मंगलवार

राप्रपा नेपालका अध्यक्ष थापाले भने- स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्छौ

चैत्र ६ २०७८, आईतवार

पोखरा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँग सहकार्य हुने बताएका छन्।

शनिबार जिल्ला स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न पोखरा पुगेका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा राप्रपा नेपालले एमालेसँग सहकार्य गरेर चुनावमा भाग लिने बताए । अध्यक्ष थापाले आवश्यक परेको खण्डमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेल गर्ने सकिने बताए ।

उनले २०७० सालको निर्वाचनमा तेस्रो ठुलो पाटी भएको बताउँदै २०७३ साल पछि पाटीलाई अझ ठुलो बनाउने महत्वकाक्षा राख्दा केही गलत प्रवृत्ति भएकासँग सम्झौता गर्न पुगेको बताए ।

उनले ३ वर्षसम्म बाटोमै अलमलमा परिएको र एकपछि अर्को त्रुटिहरू हुँदै गएको त्यसलाई सुधार गर्न पुनः तीन वर्षपछि आफु सही ठाउँमा आइपुगेको बताए ।

थापाले अब सनातन हिन्दु धर्मको स्थापना, सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आम जनताको बीचमा आफूहरू जाने बताए । यस पटकको स्थानीय चुनावमा पाटीको खुट्टा टेकाउने र संसदीय चुनावको तयारीमा लाग्ने र त्यही चुनावदेखि राष्ट्रिय पार्टीको रुपमा स्थापित गराउने तयारी स्वरूप विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको उनले बताए ।