• बैशाख २२ २०८३, मंगलवार

महाभारतको दुर्याेधनको भन्दा बढी घमण्ड ओलीमा देखियो,अब जनताले जवाफ दिन्छ : आले

चैत्र ५ २०७८, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाभारतको दुर्याेधनको भन्दा पनि बढी घमण्ड एमालेका अध्यक्ष केपीशर्मा ओलीमा देखिएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आज एक कार्यक्रममा मन्त्री आलेले आगामी निर्वाचनमा ओलीको घमण्डलाई जनताले जवाफ दिने बताउदै अत्यधिक सिट जित्ने एमाले अध्यक्ष ओलीलाई घमण्ड नगर्न चेतावनी दिएका हुन् ।

ओलीले आफ्नै अहंकारका कारण संघीय र प्रदेश सरकारहरू गुमाएको भन्दै अब फेरि घमण्ड नगर्न उनले सुझाव दिएका छन् ।