• बैशाख २२ २०८३, मंगलवार

अब आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्छ : प्रचण्ड 

चैत्र ५ २०७८, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह निर्वाचनमा आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् ।

आज शनिबार  सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताउदै यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्नेमा जोड दिए ।

प्रचण्डले प्रतिगमनकारीहरू आफ्नो पार्टी माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गरेका छन् ।