• बैशाख २२ २०८३, मंगलवार

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा पछार्छाैं : ओली

चैत्र ५ २०७८, शनिबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

शनिबार नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनलाई स्यालहरूको मोर्चाको संज्ञा दिए ।

‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले बनाइदिएको गठबन्धन हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ ओलीले भने । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने र आफूहरू जनताको बीचमा जाने ओलीले बताए ।

यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रको अहिलेको हैसियत एमालेले बनाइदिएको बताए। ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?’उनले भने