• बैशाख २३ २०८३, बुधबार

बेलायत सरकारद्वारा हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका निर्मललाई दिए यति ठूलो सम्मान

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौं । बेलायत सरकारद्वारा हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका निर्मल पूर्जालाई ठूलो सम्मान दिएको छ ।

बेलायतको इस्टली बरो काउन्सिलले आफ्नो भवनमा आयोजित एक समारोहका बीच इस्टली मेयर काउन्स्लर सिन्थिया गार्टोनले पूर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि प्रदान गरिन् ।

उक्त सम्मान काउन्सिलले दिने सबैभन्दा उच्च सम्मान हो । सन् १९४६ मा इस्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७ औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले निर्मल पूर्जा विश्वमै गर्व गर्न लायक एक धरोहर भएको बताउँदै उनलाई बधाइ दिइन् । सम्मान प्रदान गरेकोमा निर्मल पूर्जाले काउन्सिलप्रति आभार व्यक्त गरेका छन् ।