काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठकमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा शुरू भएको पार्टीको १२ औं पुर्ण बैठकमा विप्लवले सो प्रतिवेदन पेश गरेका हुन् ।
बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ ।
पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।