काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी चितवनको सौराहामा हुने भएको छ ।
यही चैत ६ र ७ गते सौराहाको थारु सांस्कृतिक घरमा हुने सो महाअधिवेशनमा फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।
महासचिव मगरले बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने जानकारी दिए ।
महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।