काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुस्थित पार्टीको सम्पर्क कार्यालयमा आजदेखि सुरु भएको छ । बैठक शुक्रबार बिहान ८ बजे बस्ने भनिए पनि ढिला गरी शुरु भएको हो।
झण्डै हप्ता दिनसम्म चल्न सक्ने बैठकमा देशको समसामयिक परिस्थितिका विषयमा छलफल हुने पार्टीका एक नेताले जानकारी दिए।
उनका अनुसार बैठक हप्तादिनसम्म चल्नेछ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदमा पास भएको छ । यी लगायत निर्वाचनका विषय जनतामा कसरी लाने भन्ने विषयमा छलफल हुने छ ।
खासगरी, आसन्न निर्वाचन सम्बन्धमा पनि पार्टीमा छलफल भएको र यसमा फरक मत पनि आएको उनले बताए । केन्द्रीय कमिटीको बैठकमा जनताको पक्षमा निर्णय हुने उनले बताए।