• बैशाख २३ २०८३, बुधबार

एमसीसी पास भएको महिना दिन नबित्दै अमेरिकी सेनाको जहाज काठमाडमाडौं आयो

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौँ। अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको विमानस्थल स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा उक्त जहाजको फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।

अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर  आएको जहाज अहिले भने फर्किसकेको बताइएको छ।