• बैशाख २३ २०८३, बुधबार

यौन धन्दा सञ्चालन गराउने होटेलमा प्रहरीको छापा, ९ जना पक्राउ

चैत्र ३ २०७८, बिहीबार

धनगढी । धनगढीमा यौन धन्दा सञ्चालन गराउने होटेलमा प्रहरीले छापा मारेको छ । प्रहरीले चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई पक्राउ गरेको छ ।

यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका वडानम्बर१ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर ३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र वडानम्बर १२ क्याम्पस चोकमा रहेको प्रिन्स होटेलका सञ्चालकहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनका सो होटलहरुमा छापा मार्दा यौन धन्दामा संलग्न नौँ जना युवतीलाई पनि पक्राउ गरिएको जनाएको छ।