• श्रावण १५ २०८३, शुक्रबार

स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुन्छ : प्रचण्ड

चैत्र ३ २०७८, बिहीबार

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने बताएका छन्।

बिहीबार प्रेस सेन्टर नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘चुनाव नहुने भन्ने कुरा कहीँ कतैबाट देखिएको छैन। चुनाव तोकिएकै मितिमा हुन्छ। कुनै कन्फ्युजन नराखे हुन्छ। कुनै कन्फ्युजन भयो भने तयारीमा असर पुग्छ।’

त्यस्तै अध्यक्ष प्रचण्डले आफ्ना सम्पूर्ण नेता-कार्यकतालाई चुनावमा जित हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेर तयारी गर्न निर्देशन पनि दिए।