• बैशाख २३ २०८३, बुधबार

भारतले पठायो राजदूत शर्माको एग्रिमो

चैत्र २ २०७८, बुधबार

काठमाडौँ। भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शर्माको एग्रिमो मंगलबार परराष्ट्र मन्त्रालयमा आइपुगेको हो ।शर्माको एग्रिमो आएसँगै अब उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने र शर्मा भारत जाने बाटो खुलेको छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत समेत हुन् । शर्मासँगै राजदूत सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन्।

रिक्त अन्य मुलुकमा भने अहिलेसम्म पदपूर्ति प्रक्रिया अघि बढाइएको छैन।