• बैशाख २३ २०८३, बुधबार

पल शाहलाई फेरि गैंडाकोटबाट दमौली लगियो

चैत्र १ २०७८, मंगलवार

नवलपुर । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पल शाहलाई जिल्ला प्रहरीले कार्यालय गैंडाकोटबाट फेरि दमौली लगिएको छ ।

तनहुँ प्रहरीमा हाजिर भएका शाहलाई तनहुँबाट गैंडाकोट ल्याइए पनि (आज) मंगलबार थप अनुसन्धानका लागि फेरि तनहुँको दमौली लगिएको हो ।

जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए। तनहुँ प्रहरीपछि गैंडाकोट प्रहरीमा पनि शाहविरुद्ध उजुरी परेपछि तनहुँ प्रहरीले बयानका लागि नवलपुर लगेको थियो ।

तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।