• बैशाख २२ २०८३, मंगलवार

अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

फाल्गुन ३० २०७८, सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको सम्भावना नभएको बताएका छन्। सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले अर्ली इलेक्सन भन्दा पनि स्थानीय तहको चुनावमा आफूहरु केन्द्रित भएको बताए ।

उनले महाधिवेशनको सन्देश दिन र चुनाव केन्द्रित अभियान चलाउन माओवादीले देशभर कार्यक्रम गरिरहेको पनि बताए । अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै वलमा चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै गठवन्धन गरेर चुनावमा जाने विषय दोस्रो प्राथमिकतामा रहेको बताए ।

काँग्रेस चुनावी गठवन्धनको पक्षमा छ त ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘प्रधानमन्त्री गठवन्धन गरेर चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ, गठवन्धन हुन पनि सक्छ ।’

अर्को प्रसंगमा उनले सत्तारुढ दलवीच कुनै पनि खालको तिक्तता नरहेको चर्चा पनि गरे ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन र पुर्नगठनका विषयमा गरिएको अर्को प्रश्नमा उनले मुख्यमन्त्री तत्काल परिवर्तन नहुँने र काँग्रेसलाई सरकारमा ल्याउनका लागि छलफल भएको उल्लेख गरे । सुदूरपश्चिममा एकीकृत नेकपा समाजवादीका धेरै मन्त्री छन् सोही पार्टीबाट केहीलाई त्याग गर्न लगाएर काँग्रेसलाई सरकारमा ल्याउनु पर्ने विषयमा छलफल जारी रहेको पनि अध्यक्ष प्रचण्डले बताए ।