पाल्पा । गुल्मीबाट पाल्पा आउँदै गरेको माइक्रो बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, सिरुखर्कमा दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।
गुल्मीबाट पाल्पा आउँदै गरेको वा ५ ख २२८७ नम्बरको माइक्रो बस र पाल्पाबाट गुल्मी हिँडेको लु १ ख ९७९४ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा १२ जना माइक्रो बसका यात्रु हुन् भने एक जना बसका यात्री रहेको प्रहरीले जनाएको छ। अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घाइतेहरुको तानसेनस्थित अस्पतालहरुमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।