काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले साइबेरिया हिँडेका ६ जना नेपालीलाई फर्काएको छ ।
भिजिट भिसामा फ्लाई दुबईको जहाजबाट शनिवार बिहान साइबेरिया हिँडेका उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो ।
अध्यागमन कार्यालयका अनुसार लोकेश बुढा, माया कुमारी विक, पिल कुमारी बिक, तारा तिलिजा पुन, दिपेश पुन मगर र निर्माला क्षेत्री रहेका छन्। उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ।