मोरङ। १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
मोरङ -८ की बालिकालाई घरमा कोही नभएको बेलामा ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।
अहिले प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।