काठमाडौँ। प्रतिनिधि सभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ।
सभामुख अग्नि प्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्ने वित्तिकै एमाले सांसद्हरु उठेर वेल घेराउ गर्न पुगेका छन्।
आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको छ।
आफूले कारबाही गरिएका १४ सांसदको सूचना टाँसिनुपर्ने सहितका मागसहित गत भदौ २३ देखि जारी संसदको अवरोधलाई एमालेले निरन्तरता दिएको हो।