• बैशाख २२ २०८३, मंगलवार

एकीकृत समाजवादीको विजयले मात्र मुलुकको प्रगति र समृद्धि हुन्छ : झलनाथ खनाल

फाल्गुन २८ २०७८, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादीको विजयले मात्र मुलुकमा समाजवादी अर्थव्यवस्था कायम भई मुलुकको प्रगति र समृद्धि हुने बताएका छन् ।

पार्टीको इलाम–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित बृहत् भेलामा नेता तथा कार्यकर्तालाई स्थानीय निकाय निर्वाचन ऐनको अध्ययन गर्न सुझाव दिँदै सर्वहारा र श्रमिक वर्गको प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीको विजयले मात्र मुलुकमा समाजवादी अर्थव्यवस्था कायम भई मुलुकको प्रगति र समृद्धि हुने बताएका हुन् ।

उनले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने समेत बताए ।