काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले गृह मन्त्रालय पुगेकी छिन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।
चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।