काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले जनताका लागि सदैव काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री आलेले अग्रज नेताहरूले देखाएको बाटोमा आफू सदैव हिड्ने बताउदै जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि बाचा गरे । मन्त्री आलेले दलित, जनजातिलगायत समुदाय विगतदेखि राज्यको उत्पीडनमा परेकाले यी समुदायको उत्थानका लागि आफू सधैँ प्रतिबद्ध रहेको पनि बताए ।
दलित समुदायको वृत्ति विकास र हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रहेर काम गर्नेसमेत उनले बताए ।