सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दिशानिर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताए ।
प्रचण्डले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गरे । ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो’, उनले भने, ‘तिमीहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिउ ।’