काठमाडौ । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो।
त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने, औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

