• बैशाख २२ २०८३, मंगलवार

प्रचण्ड र माधवलाई दशा लागेर पार्टी फुटाए, अहिले ढोका कुरेर बसेका छन् : ओली

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई दशा लागेर दुइतिहाइको सरकार ढलेको टिप्पणी गरेका छन्।

पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल ‘जंगे’बाट ‘बुंगे’ बनेको टिप्पणी गरे।

‘हामीसँग झन्डै दुई तिहाइको सरकार थियो। तर प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो। सरकार ढालेर गएर अहिले हेर्नुस् त बिचराहरु, ढोकाबाहिर पर्खेर बसेका हुन्छन्। भित्रबाट प्रसाद बाँड्न आउँछ कि भनेर। कताका जंगेहरु, कताका बुंगे भए अहिले। बुद्धि बिग्रिएपछि त्यो हुन्छ,’ ओलीले भने।