• बैशाख २३ २०८३, बुधबार

पूर्वी रुकुममा करिब एक दर्जन सकेट बम फेला

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ। पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ ।

सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा रहेको ओढारमा कालो ड्रमभित्र ठूलो उक्त बम फेला परेको रूकुमपूर्व जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर  गरेका थिए । ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।