काठमाडौं । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसको मृत्यु भएको छ ।
मानव इतिहासमै पहिलो पटक दुई महिनाअघि जनवरी ७ मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।
आज सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो ।
युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् ।
उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चिकित्सकहरू दशकौँदेखि जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गरी बिरामीको जीवन रक्षाको प्रयासमा रहेपनि सफल हुन सकेका थिएनन् । तर, मानवको मुटु प्रत्यारोपण गर्न अयोग्य रहेको, ओच्छ्यानमा सुतिरहनुपर्ने र इफ सपोर्टमा रहिरहनुपर्ने भएकाले उक्त अस्पतालका चिकित्सकहरूले बेन्नेटलाई जनावरको मुटु प्रत्यारोपण गर्न योग्य प्रत्यासी ठानेका थिए ।