काठमाडौं । सार्वजनिक खरिद नियमावलीलाई ११ औँ पटक संशोधन गर्न लागिएको छ ।
आज बसिरहेको मन्त्रीपरिषद्ले नियमावलीलाई ११ औँ पटक संशोधन गर्न लागेको हो ।
नियमावलीको ११ औँ संशोधन भएपछि एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था छ ।
यसअघि, अर्थ मन्त्रालयले सार्वजनिक खरिद नियमावलीमा श्रम सहकारी घुसाएपछि को ११ औँ पटक संशोधन हुन सकेको थिएन । यद्यपि, आज बसिरहेको मन्त्रिपरिषद्को बैठकले ११ औँ संशोधन पारित गर्ने स्रोतले बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले नै व्यवसायीहरूलाई तपाईँहरूको माग आजको मन्त्रीपरिषद्को बैठकले सम्बोधन गर्ने जानकारी गराइसकेका छन् ।