रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विभिन्न समयमा फेला परेका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको छ ।
निकुञ्जले बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई बन्दुक हस्तान्तरण गरेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार निकुञ्जको विभिन्न समयमा विभिन्न स्थानमा ठुलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान फेला पारिएको थियो ।
बेवारिसे अवस्थामा फेला पारिएका हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको भट्टराईले बताए ।