काठमाडौं । नाबालिका समिक्षा अधिकारी र जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहको सम्बन्धबारे अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक हरि उदासी भनिने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल रहेका छन् ।
उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०३३ को कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।