• बैशाख २२ २०८३, मंगलवार

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे कांग्रेसले निर्णय गरेको छैन : उपसभापति खड्का

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे कांग्रेसले कुनै निर्णय नगरेको बताएका छन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सममेलनमा उसभापति खड्काले गठबन्धनको सम्बन्धमा कुनै छलफल नभएको बताए ।

आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उनले बताए ।

‘गठबन्धनको विषयमा निर्वाचनको प्रक्रियाको छलफलको क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्छ, बैठकले चुनावका बारेमा, चुनावी तालमेलका बारेमा, चुनावी गठबन्धनका बारेमा व्यापक छलफल गरेर निष्कर्षमा हामी पुग्छौं,’ उनले भने, ‘पार्टीको त्यो निष्कर्षभन्दा अगाडी अहिले गठबन्धन हुन्छ कि हुन्न ? तालमेल हुन्छ कि हुन्न ? भनेर छलफलको विषय हामी बनाउँदैनौं ।