काठमाडौँ। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भइसकेको बताएका हुन् ।
‘आउँदो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भएको छ। उनले भने ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमति रहेको छ। निर्वाचनमा पनि हामी मिलेर जान्छौं।’
अध्यक्ष नेपालले अब पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ छ ।