• बैशाख २२ २०८३, मंगलवार

प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी रअध्यक्ष प्रचण्डबीच बुधबार बिहान खुमलटारमा भेटवार्ता भएको हो।

प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैतमा नेपाल भ्रमण आउँदैछन्।