• बैशाख २२ २०८३, मंगलवार

राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडी बढाउन ध्यान दिनुपर्छ : आरजु राणा

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले राजनीतिक दलले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडी बढाउन ध्यान दिनुपर्ने बताएकी छन् ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र अगाडीको बाटो’ विषयक अन्तरक्रियामा उनले अग्रजहरुसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि उनले बताइन्।