काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाको हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा भएको भन्दै संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताए।
उनले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए ।
प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रूपमा जुट्न सबैलाई आग्रह गरे ।
देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।