काठमाडौँ। एक नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैंडाकोट लगिएको छ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी गैंडाकोटमा पनि ती किशोरीले जाहेरी दिएपछि पललाई मंगलबार गैंडाकोट लगिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शाहलाई नवलपुर ल्याएपछि अहिले आवश्यक अनुसन्धान थालिएको छ।
उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।