• बैशाख २२ २०८३, मंगलवार

अपूर्ण अधिकार प्राप्तिका लागि आन्दोलनको जरुरी : मन्त्री भुसाल

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राप्त नभएका महिला अधिकारका लागि  अझै आन्दोलनको आवश्यकता रहेको बताएकी छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एउटा समान्य परिवार हुँदै समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरसम्म आफूलाई उभ्याएर मानव सभ्यता नै डोर्याएका नारीका कथा अनगिन्ती रहेको उल्लेख गरिन्।

उनले राष्ट्रपति महिला हुने अवस्था आए पनि सबैले समान अधिकार नपाएको बताइन् ।

प्राप्त भएको ३३ प्रतिशत लागू गर्ने र अपूर्ण १७ प्रतिशत अधिकार प्राप्ति आन्दोलनको मुख्य एजेण्डा हुनुपर्ने उनको भनाइ छ । आर्थिक अधिकारमा समानता भए अरू कुरा प्राप्त हुन सहज हुने उनले बताइन् ।

“अहिले पनि छोरीले छोरासरहको पैतृक सम्पत्ति प्राप्ति संविधानमा छ, व्यवहारमा छैन । यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा कुनै संकीर्णता राख्नु जरुरी छैन,” उनले भनिन् ।

महिलामाथिको हिंसा, हत्या बढेको भन्दै राज्यले सुरक्षा गर्नुपर्ने उनले बताइन् ।