• बैशाख २२ २०८३, मंगलवार

युक्रेनमा रहेका ५३३ नेपालीलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्रमन्त्री खड्का

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौँ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले युक्रेनबाट ५३३ नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताए।

मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।

रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ ।