काठमाडौँ। अभिनेत्री रेखा थापालाई युट्युवमार्फत जथाभावी गाली गलौज गर्ने शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको हो
एवान मिडिया नामक युट्युव मार्फत शर्मिला वाइवाले नायिका थापालाई गालि गलौज गरेको भन्दै उनका आफन्तले गत शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रहरीले विद्युतीय कारोबार ऐन र गाली बेइज्जतीको कसुरमा उनलाई कारबाही गर्ने तयारी गरेको छ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँ प्रहरी कार्यालय अगाडि दिनहुँ नारा र प्रदर्शन हुन थालेपछि रेखाले नाबालिगको संरक्षण हुनुपर्ने धारणा राखेकी थिइन्।
उक्त धारणापछि युट्युबमा उनीविरुद्ध अभिव्यक्ति सार्वजनिक भएका थिए।