• बैशाख २३ २०८३, बुधबार

रुकुममा सहिद तथा बेपत्ता परिवारलाई गरियो सम्मान

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं । पूर्वी रुकुममा सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ । जिल्लाको भुमे गाउँपालिकाको ९ नम्बर वडास्थित चुनबाङ्गमा यहि फाल्गुण २१ गतेका दिन एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।

चुनबाङ्गको गैरिगाउँमा वडाअध्यक्ष प्रवेश पुनको सभापतित्वमा भएको कार्यक्रममा सहिद परिवार, घाइते परिवार र बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राजकुमार विष्ट र विशेष अतिथि लालबहादुर विष्टले उनीहरुलाई सम्मान गरेका हुन् । प्रमुख अतिथिको तर्फबाट बोल्दै विष्टले सहिदहरुको बलिदानीबाट देशमा परिवर्तन आयको धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन वडासदस्य नमिता पुनले गरेकी थिइन् ।

उपस्थितहरुलाई स्वागत भाषण वडासदस्य दिपक पुनले गरे । कार्यक्रमको आयोजना भुमे गापाको ९ नम्बर वडा चुनबाङ्गले गरेको त्यहाँबाट झन्कार बुढाले जानकारी दिएका छन् ।