• बैशाख २३ २०८३, बुधबार

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं। भक्तपुरमा एक महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि गएराति हानिकारक रसायन प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।तर प्रहार गरिएको रसायन एसिड वा अन्य कुनै केमिकल हो भन्ने खुलेको छैन । केमिकललाई परीक्षणका लागि पठाइएको छ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।